देश/प्रदेश

पेप्सीकोला दुर्घटना (अपडेट) : एकजनाको मृत्यु, ६ जना घाइते

By खबरहब

September 03, 2023

काठमाडौँ– काठमाडौँको पेप्सीकोला र जडीबुटको बीचमा पर्ने छाप्रो नजिकै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

आज बिहान जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो, बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।