देश/प्रदेश

जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु 

By खबरहब

September 03, 2023

मुगु– कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।

जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा जिपमा चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।