राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

By खबरहब

September 03, 2023

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक आह्वान गरेको छ ।

केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न भोलि बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ ।