अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु

By खबरहब

September 03, 2023

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशस्थित पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

भारतमै भएको अर्को सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यस्थित ठाणेमा सडक दुर्घटनामा परी अन्य दुई जना घाइते भएका ठाणेस्थित राजमार्ग गस्ती प्रहरीले जनाएको छ ।