फाइल फोटो

देश/प्रदेश

तनहुँमा सात जुवाडे पक्राउ

By खबरहब

September 03, 2023

काठमाडौँ- तनहुँमा सात जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भिमाद नगरपालिका २ धरमपानी बस्ने गोपालकृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसमेत सात जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।