आर्थिक

एनएमबी बैंकद्वारा डेबिट कार्डमा क्यासब्याक अफर घोषणा

By खबरहब

September 03, 2023

काठमाडौँ- एनएमबी बैंकले डेबिट कार्डमा क्यासब्याक अफर घोषणा गरेको छ ।

सो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो अफर सीमित अवधिको लागिमात्र लागू हुनेछ ।

एनएमबि बैंकले हाल देश भरी २०१ शाखाहरू, १४४ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।