राजनीति

जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीकाे प्रयास असफल : योगेश भट्टराई

By खबरहब

September 03, 2023

महोत्तरी- नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको बताएका छन् ।

धर्म, जात/जाति, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यो नसकेपछी पछाडि हटेको सचिव भट्टराईको तर्क छ । सबै जाति, धर्म, भूगोलको वर्गीय विभेदलाइ अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दाबी गर्दै उनले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै एमाले भएको बताए ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरशाहीहरुसँग प्रतिस्पर्धा गर्न एमालेमात्र एक्लो शक्ति रहेको दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गरे ।

उनले भने, ‘समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै समाजवादको लक्ष्य उनीहरुसँग छैन भन्ने प्रमाणित हुन्छ ।’