फाइल तस्वीर

देश/प्रदेश

कर्णाली नदी तर्ने क्रममा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

By खबरहब

September 03, 2023

काठमाडौँ- दैलेखमा कर्णाली नदी तर्ने क्रममा मानव सवार डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।

डुङ्गा पल्टिँदा चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही नदीमा खसेर बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

आठबीस नगरपालिका–१ रामघाट नजिकबाट अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान पुग्न नदी तर्न चढेको डुङ्गा पल्टिँदा डुङ्गामा सवार शाही बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।