प्रतीकात्मक तस्वीर ।

देश/प्रदेश

दाङमा दृष्टिविहीन बालिका बलात्कार गरेको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ

By खबरहब

September 03, 2023

दाङ- दाङमा एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका १ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

भदौ ४ गते उनले बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । ५ वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले आजै इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिएपछि आरोपित खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई म्याद थपका लागि दाङ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।