फाइल फोटो

समाचार

नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

By खबरहब

September 03, 2023

काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् ।

आइतबार समितिको बैठकमा बोल्दै राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै परिवार नियोजन गरेर बाँदरको संख्या नियन्त्रण गर्नुपर्ने बताएकी हुन् ।

बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको उनको भनाई छ। उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन्।

‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो, तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन। यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो। बँदेल त खान्छ नि मान्छेले। बाँदर नखाला’ उनले भनिन्, ‘ बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ। हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ। हाम्रो जस्तै थियो रे, परिवार नियोजन गरेर दुई, तीन वर्षमा कम भयो ।’