क्रिकेट

एसियाली खेलकुद : पुरुष क्रिकेटमा आज नेपाल र भारत खेल्ने 

By खबरहब

October 03, 2023

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत आज पुरुष क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे चीनको झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सुरु हुनेछ ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराउँदै सानदार जित निकालेको थियो ।

मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो ।