क्रिकेट

भारतद्वारा नेपाललाई २ सय ३ रनको लक्ष्य

By खबरहब

October 03, 2023

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाल सामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनायो । 

क्वाटरफाइनल खेलमा भारतका यशस्वी जयसवालले उत्कृष्ट प्रदर्शन गरे । उनले ८ चौका र ७ छक्काको मद्दतले शतक पुरा गरे । यस्तै, रिंकु सिंहले ३७, कप्तान ऋतुराज गायकवाड र शिवम दुवेले २५–२५ रन बनाए ।  अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतसँग खेलेको हो । नेपाल टि–२० अन्तर्राष्ट्रियमा १६औँ स्थानमा रहेको छ भने भारत पहिलो स्थानको टोली हो । 

आज भारतले सिधै क्वाटरफाइनल खेलेको हो भने समूह ‘ए’ मा रहेको नेपालले मंगोसिया र माल्दिभ्सलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।