अन्तर्राष्ट्रिय

हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी

By खबरहब

November 03, 2023

तेलअहिब– हिजबुल्लाह र इजरायलका बिचमा गोलाबारी भएको छ । शुक्रबार नसरल्लाहको भाषण अघि एक अर्का विरुद्ध हिजबुल्लाह र इजरायलका बिचमा एक अर्का विरुद्धमा गोलीबारी भएको हो ।

लेबनानको हिजबुल्लाह र इजरायलले शुक्रबार शिया समूहका नेता हसन नसरल्लाहको अपेक्षित सम्बोधन अघि विगत केही घण्टामा गोलीबारी गरेको थियो ।  इजरायल–हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखिको यो पछिल्लो गोलाबारी हो।

एक विज्ञप्तिमार्फत इजरायली सेनाले बिहीबार लेबनानमा हिजबुल्लाह आतंकवादी लक्ष्यहरूको एक श्रृंखलामाथी प्रहार गरेको जनाएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेदेखि इजरायल र हिजबुल्लाहले इजरायल–लेबनानी सीमामा घातक गोलीबारी आदानप्रदान गर्दै आएका छन्। 

पछिल्लो टकरावलाई सन् २००६ को युद्धपछिको सीमामा भएको सबैभन्दा घातक वृद्धि मानिन्छ।