खेलकुद

इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित

By खबरहब

December 03, 2023

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सानदार जित निकालेको छ । शनिबार राति घरेलु मैदान सान सिएरोमा भएको खेलमा फ्रोसिनोनलाई ३–१ गोल अन्तरले हराउँदै मिलानले जित निकालेको हो ।

मिलानका लागि लुका जोभिच, किस्टियन पुलिसिक र फिकोयो टोमोरीले एक–एक गोल गरेका थिए भने फ्रोसिनोनेका मार्को ब्रेसियानिनीले एक गोल फर्काएका थिए ।

यो जितसँगै १४ खेल खेलेको मिलान २९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित भएको फ्रोसिनोन १८ अंकसहित ११औँ स्थानमा छ ।

शीषस्थानमा रहेको जुभेन्टसको ३३ तथा दोस्रो स्थानको इन्टर मिलानको ३२ अंक छ ।