तस्बिर- फेसबुक/अश्विनकुमार पुडासैनी/स्क्रिनग्राब

समाचार

त्रिभुवन विमानस्थलमा पावर बैंक विष्फोट भएपछि खैलाबैला

By खबरहब

December 03, 2023

काठमाडौं- त्रिभुवन विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको छ ।

आइतबार दिउँसो १ बजेको समयमा विदेशी यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको हो । पावर बैंक विष्फोट भएपछि झोलामा आगलागी भएको थियो । एक्कासी पावर बैंक विष्फोट भएपछि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा खैलाबैला मच्चिएको थियो ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लागेको आगोले सामान्य क्षति पुगेको थियो । आगो केही बेरमै नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य रहेको विमानस्थलले जनाएको छ ।