फाइल तस्बिर

देश/प्रदेश

राष्ट्रियसभाका अध्यक्ष भन्छन्– मेरो विदेश भ्रमणले देशलाई फाइदा भएको छ

By खबरहब

December 03, 2023

अष्ट्रेलिया– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकतन्त्रको दुरुपयोग भइरहेको बताएका छन् । प्रदेशका सभामुख, उपसभामुख, संवैधानिक आयोगका पदाधिकारी र नातेदारसहित १५ जनाको टोली लिएर अष्ट्रेलिया भ्रमणमा रहेका तिमिल्सिनाले आफ्नो विदेश भ्रमणबाट नेपाललाई फाइदा पुगेको दाबीसमेत गरेका छन् ।

अध्यक्ष तिमिल्सिनामा विदेश भ्रमणको मोह देखिएको भन्दै पत्रपत्रिकामा आएको समाचारप्रति आक्रोश पोख्दै उनले लोकतन्त्रमा स्वतन्त्रता हुने भए पनि त्यसको दुरुपयोग भएको बताए ।

अष्ट्रेलियाको मेलबर्नमा अवैतनिक नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले भने, ‘हामी विदेश जाँदा सरकारको एक रुपैयाँ पनि खर्च भएको छैन । कुनै परियोजनाको, कुनै संस्थाको खर्च भएको छ, त्यसैले म विदेश जाँदा नेपाललाई फाइदा भएको छ ।’

आफ्नो अनुपस्थितिका कारणले राष्ट्रियसभामा एउटा पनि विधेयक नरोकिएको उनले बताए । तिमिल्सिनाले भने, ‘मेरो विदेश भ्रमणले कुनै एउटा हाउस रोकिएको भए देखाउनोस् ।’