देश/प्रदेश

ललितपुर महानगरले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्र घुमायो

By खबरहब

December 03, 2023

काठमाडौं- ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्रको अवलोकन गराएको छ ।

आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो ।

त्यसअघि र्‍यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यहि क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।