फाइल तस्बिर

समाचार

अपाङ्गमैत्री कानुन र नीति बनाउने काम अघि बढिरहेको छ : मन्त्री ज्वाला

By खबरहब

December 03, 2023

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गमैत्री कानुन र नीति बनाउने काम अघि बढिरहेको जानकारी दिएका छन् ।

अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा अपाङ्गमैत्री कानुन र नीतिलाई परिपक्व बनाउनका लागि गहन रुपमा छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै, उनले अपाङ्गसम्बन्धी नीतिसम्बन्धित समितिबाट पारित भइसकेको भन्दै अब बस्ने मन्त्रिपरिषदबाट पनि पारित हुने बताए । मन्त्री ज्वालाले अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि आत्मनिर्भर र सम्मानित जीवन बाँच्ने वातावरण मिलाउनु राज्यको पहिलो दायित्व भएको पनि धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिको कार्यक्रमका लागि बजेटको अभाव भएको भन्दै सरकारले यसमा विशेष ध्यान दिनुपर्ने बताए ।