फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते

By खबरहब

December 03, 2023

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि माघ ११ गते निर्वाचन तय भएको छ ।