फाइल फोटो

ब्रेकिङ स्टोरी

विकासका लागि सरकारमा एमाले चाहिन्छ : ओली

By खबरहब

December 03, 2023

दैलेख – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरू देशद्रोही भएको बताएका छन् ।

आज दैलेखको राकममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी भएको बताएका हुन् ।

नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्ने बित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गरे । एमाले सरकारबाट बाहिरिएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको उनको दाबी छ ।

एमाले सरकारमा हुँदा गरिबी घटेको र रोजगारी बढेको भन्दै उनले फेरि पनि विकासका लागि एमाले चाहिने तर्क गरे ।