फाइल फोटो

देश/प्रदेश

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

By खबरहब

December 03, 2023

काठमाडौं- ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा१५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका अनुसार श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।