सांकेतिक तस्बिर

अपराध

अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ

By खबरहब

December 03, 2023

काठमाडौं – अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वरलगायत ठाउँबाट अनलाइन मार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु गाउँपालिका–७ घर भई हाल कागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोशी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट–५ घर भई हाल काठमाडौंको बालाजु–१६ बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका–६ घर भई हाल काठमाडौं महानगर–१६ बस्ने अमृत रोक्का रहेका छन् ।

पक्राउ परेकाहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।