खेलकुद

एरिकको गोलमा इलाममाथि बुटवलको जित

By खबरहब

December 03, 2023

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी बुटवल लुम्बिनीले पहिलो जित दर्ता गराएको छ । आज दशरथ रंगशालामा लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले हराएको हो ।

लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । इलामका अब्दुलाये बाले एक गोल फर्काएका थिए ।  खेलको अन्तिम समयमा कप्तान समेत रहेका एरिकले फ्रि–किकमा उत्कृष्ट गोल गर्दै बुटवललाई जित दिलाएका हुन् ।

खेलमा अग्रता बुटवलले ४८ औं मिनेटमा बियोङको गोलमा लिएको थियो तर, खेलको ७९ औं मिनेटमा अब्दुलाये बाले गोल गर्दै इलामलाई खेल फर्काएका थिए ।

जित सहित लुम्बिनीले ३ अंक जोडेको छ । इलामको समेत तालिकामा समान ३ अंक छ ।