फाइल तस्वीर-एएनआई

अन्तर्राष्ट्रिय

भारतमा २ केजी हेरोइनसहित पाकिस्तानी ड्रोन फेला

By खबरहब

December 03, 2023

नयाँ दिल्ली- पाकिस्तानी भूमिबाट ड्रोनमार्फत् भारततर्फ अवैध लागूऔषधको तस्करी अझै नियन्त्रणमा आउन सकेको छैन । हालैमात्र भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले पाकिस्तानी भूमिबाट अवैध लागूऔषध हेरोइनसहित चीनमा निर्मित ड्रोन बरामद गरेको छ ।

भारतको पञ्जाब प्रान्तस्थित फिरोजपुर जिल्लास्थित पाकिस्तानी सीमानजिकै सुरक्षाकर्मीले उक्त ड्रोन बरामद गरेका हुन् । रानापञ्ज ग्रेन क्षेत्रमा खोजी अभियानपछि उक्त ड्रोन बरामद गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त ड्रोनमा करिब २ केजी अवैध लागूऔषध हेरोइन रहेको जनाइएको छ ।

विशेष सूचनाका आधारमा खोजी गर्दा उक्त परिमाणको लागूऔषधसहित ड्रोन फेला परेको एएनआईले जनाएको छ । उक्त ड्रोन चीनमा निर्मित डीजेआई म्याट्रिय ३००० आरटीके रहेको बीएसएफले जनाएको छ ।