देश/प्रदेश

जाजरकोट भूकम्पबाट महिला, बालबालिका र सुत्केरी जोखिममा परेको भन्दै अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

By खबरहब

December 03, 2023

काठमाडौं- अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले जाजरकोटमा आएको शक्तिशालि भूकम्पपछि त्यहाँका महिला, बालबालिका र सुत्केरीहरू जोखिममा परेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

संघले सुत्केरी महिला र नवजाता शिशुहरूको स्वास्थ्य अवस्था बिग्रिएको, महिलाहरू जोखिममा परेको भन्दै उनीहरूका लागि विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह पनि  गरेको छ । भूकम्पपछि अस्थायी टहरामा रात बिताइरहेका महिलाहरूमाथि यौनजन्य घटना भएका कुरा सार्वजनिक भएकाले महिला सुरक्षाकर्मीको संख्या बढाइ त्यस्ता घटना हुन नदिन विशेष तयारी गर्न आग्रह गरेको छ ।

मन्त्रालयमा पुगेर महिला संघको प्रतिनिधिमण्डलले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो । संघकी अध्यक्ष टुकाभद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्बा लामासहितको टोलीले श्रेष्ठलाई ज्ञापनपत्र पनि बुझाको छ ।