खेलकुद

रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले

By खबरहब

January 04, 2023

काठमाडौं – साउदी अरेबियाको क्लब अल नसरले विश्व फुटबलका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा विशेष समारोह गरेर अल नसरले रोनाल्डोलाई आफ्नो जर्सीमा सार्वजनिक गरेको हो ।

रोनाल्डो सार्वजनिक हुने समारोहमा उनका हजारौं समर्थक उपस्थित थिए । रोनाल्डोले साउदी क्लब आफ्नो लागि नयाँ चुनौती भएको बताएका छन् । रोनाल्डोले प्रतिस्पर्धात्मक लिगका लागि आफू चुनौतीको सामना गर्दै साउदी आएको उल्लेख गरेका छन् । उनले यो आफ्नो अन्तिम लिग नभएको प्रष्ट पारेका छन् ।

रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा दुई वर्षका लागि अनुबन्ध भएका हुन्। पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता भएको हो। साउदी क्लबमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा जस्तै ७ नम्बरको जर्सी लगाउने छन्।

३७ वर्षीय पोर्चुगिज स्टारसँग गत महिना म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएको थियो। रोनाल्डो र अल नासर बीचको वार्ता नोभेम्बरमा विश्वकपको समयमा सुरु भएको थियो।