फाइल तस्बिर

राजनीति

कांग्रेस प्रवक्ता महतले आज पत्रकार सम्मेलन गर्दै

By खबरहब

January 04, 2023

काठमाडौँ – नेपाली कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दैछ ।

प्रवक्ता डा. प्रकाशशरण महतले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न लागेका हुन्।

त्यसक्रममा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापन गर्ने तयारी छ ।

कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्ने प्रचार समितिका सदस्यहरुलाई धन्यवाद दिने कार्यक्रम पनि रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।