तस्वीर- पीए

अन्तर्राष्ट्रिय

म्यान्मारको सैनिक सरकारद्वारा ७ हजार बन्दीलाई माफी दिने घोषणा

By खबरहब

January 04, 2023

काठमाडौँ- म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजायलाई ३३ वर्ष पुर्‍याएको केही दिनपछि सैनिक सरकारबाट यस्तो घोषणा भएको हो ।

सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि मुलुकमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द अदालतबाट चलेको न्याय निरुपणको शृङ्खलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ ।

बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आज ‘ट्याङ्क, मिसाइल लन्चर र सशस्त्र वाहनसहित राजधानी नेपिडको ‘परेड ग्राउन्ड’ मा कवाज प्रदर्शन गरिएको थियो । परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीले सेनालाई साथ दिएका थिए ।