फाइल फोटो

राजनीति

विश्वासको मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको आग्रह

By खबरहब

January 04, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

सरकारमा एकीकृत समाजवादीको सहभागिताका बारेमा पनि दुई नेता बीचको भेटमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन सकारात्मक छन् ।