फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा खुला रुपमा बिक्री हुने ९१ प्रतिशत दूध गुणस्तरहीन

By खबरहब

January 04, 2023

काठमाडौँ– पाकिस्तानमा खुला रुपमा बिक्री हुने ९१ प्रतिशत दूध गुणस्तरहीन हुने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सका अनुसार मुलुकका विभिन्न ११ सहरमा गरिएको अध्ययनबाट ९१ प्रतिशत खुला रुपमा बिक्री हुने दूध उपभोगका लागि अयोग्य हुने गरेको पाइएको हो ।

लाहोर सहरमा रहेको पशुविज्ञान एवम् पशु चिकित्सा विश्वविद्यालयको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।

पाकिस्तान विश्वकै चौथो ठूलो दूध उत्पादक मुलुक हो । पाकिस्तानमा उत्पादन हुने ९५ प्रतिशत दूध खुला रुपमा र अनौपचारिक माध्यमबाट बिक्री हुने गरेको छ ।

पाकिस्तानमा व्याप्त भ्रष्टाचार, बढ्दो मुद्रास्फीतिजस्ता कारणले गर्दा खाद्य असुरक्षाको जोखिम बढिरहेको चिन्तामाझ पछिल्लो तथ्यांक सार्वजनिक भएको हो ।