सांकेतिक तस्बिर

देश/प्रदेश

दाउरा काट्दा रुखबाट लडेर घाइते भएकी महिलाको मृत्यु

By खबरहब

January 04, 2023

काठमाडौँ- जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मंगलबार दिउँसो जंगलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको जानकारी दिए ।

मंगलबार दिउँसो १ बजे रुखबाट लडेर घाइते भएकी रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।