खेलकुद

रोनाल्डोको गोलले अल नासर बराबरीमा

By खबरहब

February 04, 2023

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासर हारबाट जोगिएको छ।

साउदी प्रो लिगमा गए राति भएको खेलमा रोनाल्डोले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।

यससँगै अल फतेहसँग अल नासर २ – २ को बराबरीमा रहेको छ। यो नतिजापछि अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

उसको १५ खेलबाट ३४ अंक छ। एक खेल बढी खेलेको दोस्रो स्थानको अल सबाबको समान ३४ अंक छ।