फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीको भेट

By खबरहब

February 04, 2023

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दलभित्र देखिएको पछिल्लो राजनीतिक गतिरोधका विषयमा दुवै नेताबीच छलफल भएको हो।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वसहमतिअनुसार गृह मन्त्रालय नदिए सरकार छाड्ने दुई दिने अल्टिमेटम सकिन लागेको यो भेटवार्ता भएको हो ।

रास्वपाले मागेअनुसार उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर अहिले देखिएको विवाद समाधान गर्नेबारे के छलफल भयो भन्ने खुलेको छैन ।