फाइल फोटो

समाचार

राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन : माधव नेपाल 

By खबरहब

February 04, 2023

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्ष चयनमा विपक्षी दलहरूले साझा उम्मेदवार उठाउने विषयमा छलफल जारी राखेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको हो।

सो बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन्।

विपक्षी गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएर बैठकबाट फर्केको उनले बताए। कांग्रेसले यसअघि नै उम्मेदवारी दिने निर्णय लिइसकेको छ । जसको समर्थनका लागि विपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिएको हो।

यद्यपि, कांग्रेसले उम्मेदवार भने तोकेको छैन। २३ माघमा हुने निर्वाचनका लागि भोलि मनोनयनको तालिका छ। भोलिसम्म उम्मेदवार टुंग्याउने कांग्रेस नेता रमेश लेखकले जनाएका छन्।