फाइल फोटो

राजनीति

विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंग्याउने

By खबरहब

February 04, 2023

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । 

विपक्षी दलका नेताहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफ्नो पार्टीको तर्फबाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन । 

सो पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन । यद्यपि, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोलि बस्ने बैठकबाट नाम टुंग्याइनेछ ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीबाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन्  । 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ । बैठक भोलि पनि बस्नेछ ।,