फाइल फोटो

राजनीति

एमालेको खल्तीबाट राष्ट्रपति बने लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित : महामन्त्री थापा

By खबरहब

February 04, 2023

कलैया – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र  दुर्घटनामा पर्ने निश्चित रहेको बताएका छन् ।

बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानको परिकल्पना विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको थापाले बताए। 

थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको र त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उनले प्रष्ट पारे ।