अन्तर्वार्ता

नयाँ सांसदहरुले पनि मतदातामाथि धोका दिएका छन्

By खबरहब

February 04, 2023

काठमाडौँ : नागरिकमा आम नेपाली भएर बाच्न हम्मेहम्मे परेका बेला इलामका युवा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह अहिले पनि बहसमा छ । पछिल्लो समय आर्थिक र सामाजिक कारणले मानिसहरुमा धेरै उतारतढाव आउँदा यसले छुट्टै बहस र नेपाली समाजको चित्रलाई उदांगो पारेको छ । आर्थिक र सामाजिक विकृतिका कारणले वा भ्रष्टाचार र कुशासनकै कारणले गर्दा देशमै युवा उद्यम गरिरहेकाहरु कि विदेश जानु परेको छ कि त यसरी दैनिक आत्मदाह गर्ने अवस्थामा पुगेका छन् ? आखिर किन र यो कहिलेसम्म हो ? यसै विषयमा आधारित भएर वरिष्ठ पत्रकार हरिबहादुर थापासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय सरकार नै जनताको शत्रु भएको हो ? शत्रु नभएको भए किन सबैले दुःख पाएका छन् । सरकार हाम्रो अभिभावक हो । तर त्यो जनताले अनुभव गर्न पाएका छैनन् । सहरमा धेरै पैसा कमाउन भन्ने मान्छे छन् । पञ्चायतकालमा कर्मचारीहरू धेरै डराउँथे । कारबाही हरेक ठाउँमा गुप्तचर छोडिन्थ्यो । कडा कारबाही हुन्थ्यो, अहिले कर्मचारीतन्त्र राजनीतिक दलीय रूपमा संरक्षित छन् । हरेकतिर अहिले भुक्तानी रोक्यो र त्यसले गम्भीर समस्या ल्याएको कारण प्रेम प्रसादहरू त्यसको सिकार भए ।

आत्मदाह र आत्महत्या गर्ने व्यक्तिहरू वैयक्तिक समस्याका सिकार हुन् ? यसमा हामीले गहन तरिकाले हेर्नु पर्दछ । १३ औ हजार व्यक्तिहरू बैंकको कालो सूचीमा परेका छन् । कोहीले नियत बस रूपमा पनि नतिरेका हुन्छन् । उसको जीवनशैली राम्रो छ गाडी चढेर हिँड्छन् । तर बैंकको ब्याज तिर्दैन भने उसलाई कारबाही गर्नु पर्दछ । त्यसमा केस वाईज रूपमा गयो भने परिणाम आउँछ । मिटर ब्याजीको कुरामा मिटर ब्याजीले त्यो लिएपछि राज्यलाई कति कर तिर्यो ? अरूले एभरेज भन्दा माथि गए ब्याज तिर्नु पर्दछ उनीहरूले कति तिरे त ? सम्पत्ति शुद्धिकरण के का लागि त ? राज्य संयन्त्रले पनि कारबाही गर्दछ भन्ने हुनु पर्याे ।

यो राज्य संयन्त्र यति धेरै नालायक, निरीह किन हुन सक्छ ? हाम्रोमा राज्यसँग संस्थागत सोचमा काम गर्ने प्रवृत्ति कम हुँदै गयो । कर्मचारीहरू दलीयकरण हुँदै गए, राजनीतिक पार्टीसँग सम्बन्धित भए । यसको प्रतिफलमा प्रेम प्रसाद आचार्य आत्मदाह गर्न बाध्य भए । बाहिर धनीले आत्महत्या गर्छन्, तर हाम्रोमा साना गरिबले गर्छन् ।

कर तिर्न पनि घुस खुवाउनु पर्ने, भोलि प्रेम प्रसादको जस्तो अवस्था अरूको नहोस् भन्ने वातावरण अब बन्ला त ? अनुसन्धान भएका पहुँचवाला नै छन् । अहिलेसम्म त चोखिएका नै छन् । कारबाही भएको छैन, अब के हुन्छ त्यो समय अनुसार थाहा हुन्छ ।

पुराना दल र नयाँ दलहरू सबै सत्ताका लागि नै मरिहत्ते गर्ने भए अब राम्रो होला त ? पुराना दलहरू अलिकति धैर्य गर्ने खालका थिए । जेल बसेर आएका पनि थिए । नयाँमा धैर्यता देखिएन । सम्बन्धित व्यक्तिगत स्वार्थ बाझिने मन्त्रालयमा नै गएँ । तत्काल सत्ता उनीहरूलाई चाहिएको थिएन । कम्तीमा जनताले सांसद भनेर चिन्ने ठाउँ त राख्नु पर्याे । मुलुकका ५ जना प्रमुखहरू प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र अख्तियारका प्रमुखले सक्रिय भएर काम गरे मुलुकमा नराम्रो हुँदैन । राज्यका मेकानिज्महरुले काम नगर्दा जबसम्म कारबाही गरिँदैन, तबसम्म कुनै समस्या समाधान हुँदैन । पुरानाका त हामीसँग अनुभव थियो । नयाँसँग हाम्रो आशा थियो नि, तर नयाँले पनि मतदाताको मतमाथि धोका दिए जस्तै भयो । सांसदहरू हाम्रो मुलुकको समस्यामा जानकार नै छैनन् । हाम्रोमा संवैधानिक अंग छ । यदि पूर्वाधार थिएन भने हामीले सामग्री त्यो किन ल्याएको त । राज्यको हरेक निकायमा कमिसन, विकासको बजेटबाट आएको कमिसनबाट गाडी खरिद गर्ने त्यस्ता काम मात्र छिटो हुन्छ । नाइँ भन्ने कर्मचारीलाई फालियो ।

आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले बचत तथा ऋण एवं माइकोफाईनान्सहरु बन्द गर्नु पर्दछ भन्नु भएको छ, के त्यो सही सुझाव हो ? उहाँले जति पनि बुँदा औँल्याउनु भएको छ, त्यो बुँदा माथि छलफल हुनु पर्दछ । यो समस्या मुलुककै समस्या हो । एक व्यक्तिको मात्र हैन । नियत र बदनियत हेर्नु पर्दछ ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)