फाइल फोटो

ब्रेकिङ स्टोरी

गठबन्धनभित्र देखिएको समस्या समाधान : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

February 04, 2023

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले छलफल जारी रहेको र समस्या समाधान हुने बताएका हुन् ।

गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने नदिने विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।

रास्वपाले गृहमन्त्री आफूले नपाए सरकार छाड्नेसम्मको चेतावनी दिएको छ ।