राजनीति

राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण नटिक्ने माधव नेपालको दाबी 

By खबरहब

February 04, 2023

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दाबी गरेका छन्। शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दाबी गरेका हुन्। 

अध्यक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको सहमति एमालेकै कारण टुटेको र चुनावको परिणाम आएपनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको उनले बताए। अब वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने उनको भनाइ छ। 

अध्यक्ष नेपालले चुनावमा लोकप्रिय मत पाएका दलहरूको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने संकेत देखाएको बताए। त्यस्तै उनले संविधानको उलङ्घन गर्नेहरू सरकारमा जानु संकटको संकेत दिएको जिकिर गरे।