तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

तान्जानियामा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु

By खबरहब

February 04, 2023

काठमाडौँ- तान्जानियाको उत्तरी क्षेत्रमा ट्रक र मिनीबस एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । घटनामा अरु १२ जना घाइते भएका छन् ।

टाँगा क्षेत्रका आयुक्त ओमरी मगुम्बाका अनुसार २६ जना मलामी सवार मिनीबस किलिमान्जारो क्षेत्रको मोशीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

गाडीलाई ओभरटेक गर्दा चालकले सावधानी नअपनाउँदा मिनीबससँग ट्रक ठोक्किएर दुर्घटना भएको मगुम्बाले बताए ।

घाइतेमध्ये १० जनालाई उपचारका लागि टाँगा क्षेत्रीय सरकारी अस्पतालमा लगिएको छ भने दुई जनाको कोरोग्वे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।