देश/प्रदेश

तनहुँको आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते

By खबरहब

February 04, 2023

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ ।

घाइते छ जनाको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।