अन्तर्राष्ट्रिय

शार्कको आक्रमणबाट किशोरीको मृत्यु

By खबरहब

February 04, 2023

काठमाडौँ – अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।

पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई टोकेपछि गम्भीर उन घाइते भएको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई पानीबाट बेहोस अवस्थामा निकालिएको तर घटनास्थलमै मृत घोषित गरिएको फ्रेमेन्टल जिल्लाका प्रहरी निरीक्षक पल रोबिन्सनले बताए । शार्कको आक्रमणमा पर्दा किशोरी नदीमा साथीहरूसँग पोडी खेलिरहेको बुझिएको छ ।

“तिनीहरू जेट स्कीमा थिए । सम्भवतः नजिकै डल्फिनको एक समूह देखिएको थियो र किशोरी पोथी डल्फिनको नजिकै पौडी खेल्न हामफालेकी र सोही समय शार्कको आक्रमणमा परेकी थिइन् । नदीको त्यस भागमा शार्क फेला पर्नु असामान्य भएको मत्स्य विज्ञहरूले सुझाव दिएको रबिन्सनले बताए।