ब्रेकिङ स्टोरी

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक सुरु

By खबरहब

February 04, 2023

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयमा छलफल हुनेछ ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।