सांकेतिक तस्बिर

देश/प्रदेश

मिटरब्याजमा पैसा लगाउने व्यक्ति पक्राउ

By खबरहब

February 04, 2023

जनकपुर – मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह पक्राउ परेका छन् । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजबाट ठगी एवं शोषण गरेको उजुरी परेको थियो । उजुरीपछि उनलाई जनकपुरधाम उप(महानगरपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट पुरानो पेस्तोल, गोली र तमसुकहरु पनि बरामद गरेको छ । उनको घर र पसलमा खानतलासी गर्दा पेस्तोसहित विभिन्न तमसुक फेला परेका हुन् । साहमाथि थप हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।