देश/प्रदेश

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

By खबरहब

February 04, 2023

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उनीहरु बिच शनिबार साँझ भेटवार्ता भएको हो ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन मन्त्री पौड्याल कोलम्बो पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

श्रीलंकका राष्ट्रपति विक्रमासिंघेसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायत विषयमा सहकार्य अघि बढाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पौड्यालले भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग समेत अलग अलग भेटवार्ता गरेकी छिन् ।