खेलकुद

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलविरुद्ध एभर्टनको जित

By खबरहब

February 04, 2023

लण्डन । प्रिमियर लिगमा एभर्टनले जित हात पारेको छ । शनिबार भएको खेलमा एभर्टनले शीर्ष स्थानमा रहेको आर्सनललाई १–० गोलले हराएको हो ।

रेलिगेसन क्षेत्रमा रहेको घरेलु टोलीले सबै प्रतियोगिताका पछिल्ला ११ खेलमा पहिलो जीत हासिल गर्न सफल रह्यो । खेलको ६० औँ मिनेटमा जेम्स टार्कोस्वकीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

उता पराजयपछि शीर्ष स्थानमा पाँच अंकमा सीमित भएको छ । २० खेलबाट आर्सनलको ५० अंक रहेको छ भने सिटीको ४५ अंक रहेको छ । एभर्टन १८ अंकसहित लिगको रेलिगेसन क्षेत्रभन्दा ठीक माथि रहेको छ ।