फाइल फोटो

देश/प्रदेश

प्रधानमन्त्रीद्वारा रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालयको अफर

By खबरहब

February 04, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटवार्तामा भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय दिन नसकिने र त्यसको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

यस विषयमा छलफल गर्नका लागि अहिले रास्वपाको आकस्मिक बैठक बसिरहेको छ । रास्वपाले गृहमन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा उक्त मन्त्रालय नदिने अडान लिएका छन् ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।