देश/प्रदेश

रावललाई मन्त्री खनालको चुनौती- ‘मेरो लगानी भएको विद्यालय पत्ता लगाइदिनुस्’

By खबरहब

February 04, 2023

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आफ्नो लगानी भएको विद्यालय बारे जानकारी दिन एमालेका नेता भीम रावललाई चुनौती दिएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत मन्त्री खनालले आफ्नो लगानीमा कुनै विद्यालय नभएको दाबी समेत गरेको छन् । शनिबार नै भएकाे एक कार्यक्रममा बोल्दै भीम रावलले निजि विद्यालयमा लगानी भएका व्यक्ति नै शिक्षामन्त्री भएको बताएका थिए। स्वार्थ बाँझिनेगरी मन्त्रीहरू बनाइएको भन्दै उनले टिप्पणी गरेका थिए।

उक्त टिप्पणीमाथि जवाफ फर्काउँदै मन्त्री खनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो लगानी भएको निजि विद्यालय कुन रहेछ, म खोज्दै थिएँ, डा भीम रावललाई थाहा रहेछ। लौन भनिदिनुपर्‍यो। नाम, ठेगाना भए सजिलो हुन्थ्यो।’

रावलले शिक्षामन्त्रीसँगै वैदेशिक रोजगार मन्त्रालय, गृह मन्त्रालयमा समेत स्वार्थ बाँझिएको बताएका थिए।