राजनीति

रास्वपाले गृहमन्त्रालय छोड्नु, आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्नु हो : हिमेश पन्त

By खबरहब

February 04, 2023

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले आफ्नो पार्टीले कुनै पनि हालतमा गृहमन्त्रालय नछाड्ने बताएका छन् । शनिबार राती सामाजीक सञ्जालमार्फत पन्तले गृहमन्त्रालय छाड्नु आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु सरह हुने बताएका छन् । उनले आज गृहमन्त्रालय नदिनेले भोलि काम गर्न पनि नदिने जिकिर गरेका छन् ।

उनले गृहमन्त्रालय छाड्नु परे सरकारबाट नै बाहिरिँदा पार्टीको हित हुने उल्लेख गरेका छन् । पन्तले लेखका छन्,‘ आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि दिदैन। स्वतन्त्र पार्टीले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। बरु ! सरकार छोड्नु, नैतिकता नछोड्नु ।’