खेलकुद

प्रिमियर लिग : क्रिस्टल प्यालेसविरुद्ध युनाइटेडको सानदार जित

By खबरहब

February 04, 2023

काठमाडौँ – इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । युनाईटेले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । तनावपूर्ण बनेको खेलमा युनाईटेड १० खेलाडीमा सिमित बनेको थियो ।

खेलमा अतिरिक्त ७ मिनेट समय थपिए पनि प्यालेसले बराबरी गर्न सकेन। ११ खेलाडी रहँदै २ गोल गरेको थियो । जितसँगै युनाइटेडले महत्वपूर्ण ३ अंक हासिल गर्न सफल रह्यो। क्यासेमिरोले ७०औँ मिनेटमा रेडकार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले सातौँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–० को अग्रता दिलाएका थिए। पछि रेडकार्ड पाएका क्यासेमिरोको सहयोगलाई ६२औँ मिनेटमा लयमा रहेका मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाएका थिए।